
बिर्तामोड — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । उनले झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापस्थित वडा कार्यालय परिसरमा निर्माण गरिएको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
मतदानपछि संक्षिप्त प्रक्रिया दिँदै लिङ्देनले यो निर्वाचनपछि राप्रपा मुलुकमा एउटा बलिया र राष्ट्रिय पार्टीको रुपमा विकास हुने बताए । उनले यो निर्वाचनबाट देशभर उत्साहजनक मतपरिणाम प्राप्त गर्ने दाबी गरे ।
उनले झापामा राप्रपाविरुद्ध कांग्रेस र एमाले नै गठबन्धन गरेर चुनावमा होमिनुले पनि राप्रपा ठूलो र बलियो पार्टी भएको प्रमाणित गरेको बताए ।