
काठमाडौं । इलाम नेकपा एकीकृत समाजवादीले रौतहट र इलामका एकएकवटा नगरपालिकामा प्रारम्भिक अग्रता लिएको छ ।
रौतहटको सदरमुकाम गौर नगरपालिकाको मतगणनाको सुरुवाती परिणाम अनुसार एकीकृत समाजवादीका मेयर पदका उमेदवार सम्भु साहले ३२७ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएको छ ।
त्यसैगरी नेपाली काँग्रेसका मोहन यादवले १२८ मत ल्याउँदा लोसपाका उमेदवार तथा निवर्तमान मेयर अजय गुप्ताले ६५ मत प्राप्त गर्नुभएको छ ।
उता इलामको सूर्योदय नगरपालिकामा पनि नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । पार्टीका सम्मानित नेता झलनाथ खनालको गृहनगर सूर्योदयमा कूल ४ सय मत गणना गर्दा एकीकृत समाजवादीका रनबहादुर राईले १५८ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएको छ । नेकपा एमालेका काजिमान कागतेले १५२ मत पाउनुभएको छ ।
उपप्रमुखमा भने एमालेकी दुर्गादेवी भट्टराईले १५३ मत पाउनुभएको छ भने नेपाली कांग्रेसका दुर्गा बरालले १४२ मत ल्याउनुभएको छ ।
यस्तै काभ्रेको मण्डनदेउपुर नगरपालिकामा पनि एकीकृत समाजवादी पार्टीका उम्मेदवारले अग्रता बनाएका छन् ।
नगरपालिकाको वडा न १ मा ३५० मत गन्दा एकीकृत समाजवादी पार्टीका मेयरका उम्मेदवारले १४५ र एमालेका उम्मेदवारले १३८ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवारले १२८ तथा एमालेका उम्मेदवार १४५ मत ल्याएका छन् ।