युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिका वडा नं. १ को अन्तिम मत परिणाम प्राप्त भएको छ । नेकपा एमालेका उम्मेदवारहरुसँग प्रतिष्पर्धा गरेका सत्तारुढ गठबन्धन दलका वडाध्यक्ष उम्मेदवारले १६ मतको अग्रता कायम गर्दै विजयी भएको जनाइएको छ ।

प्राप्त मत परिणाम अनुसार वडाध्यक्षमा विजयी रुखले ५७९ मत प्राप्त गर्दा निकटतम् प्रतिष्पर्धी सूर्यले ५६३ मत प्राप्त गरेको छ ।

अहिले साँझ ५ः३५ बजे सार्वजनिक गरिएको सो वडाको मत परिणाम अनुसार रुख चिह्नका महिला वडा सदस्यले ६०२, दलित महिला वडा सदस्यले ५६६, खुल्ला वडा सदस्य (१) ले ५३७ र खुल्ला वडा सदस्य (२) ले ५३९ मत प्राप्त गरी वडाबाट प्यानलै विजयी सुरुवात गरेका छन् ।

उक्त वडामा गाउँपालिका अध्यक्षका उम्मेदवारहरुमध्ये कांग्रेसले ५६६, एमालेले ४९३ र राप्रपाले ४९९ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा एमालेले ५०९, राप्रपाले ५१२ र हसिया हथौडाले २९५ मत प्राप्त गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९