युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

झापा। झापाको विर्तामोड नगरपालिकास्थित मतगणना स्थल बाहिर तनावको स्थिति सिर्जना भएको छ । जिल्ला निर्वाचन कार्यालयको गाडीमा मतपत्र भेटिएपछि स्थानीयले नारावाजी गरेका हुन् ।

तर यसले मतगणनालाई कुनै प्रभाव नपारेको निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले   बताए । ‘बाहिर नारावाजी भएको छ, भित्र कुनै प्रभाव भएको छैन’ उनले भने, ‘मैले पनि प्रमुख जिल्ला अधिकारीज्यूसँग कुरा गरेर थाहा पाएको हुँ ।’

इलाका प्रहरी कार्यालय, विर्तामोडका एक अधिकारीले चाहिँ प्रमुख निर्वाचन अधिकारीको गाडी अनुगमनका क्रममा त्यहाँ पुगेको र नमूना मत पत्र गाडीमै रहेका कारण गलत बुझाइएको भएको दाबी गरे । उनले भने, ‘अहिले मतदाताहरुलाई सम्झाइबुझाइ गर्ने प्रयास भइरहेको छ ।’

स्थानीयले चाहिँ मतगणनामा धाँधली गर्न खोजिएको आरोप लगाएका छन् । अहिले विर्तामोड एमाले उम्मेदवार पवित्रा महतरा प्रसाईंको अग्रता छ । प्रसाईंले ७०० मत ल्याउँदा कांग्रेसका भोजराज सिटौलाले ४७७ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९