
भद्रपुर । पाँच दलीय गठबन्धनलाई पराजित गर्दै भद्रपुर नगरपालिका वडा नं. १ मा नेकपा एमालेबाट वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ ।
एमालेबाट वडाध्यक्षका उम्मेदवार रामप्रसाद अधिकारीले ९३७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका दलबहादुर लिम्बूले ६५८ मत ल्याएका छन् भने नेपाली काँग्रेस र माओवादी गठबन्धनका उम्मेदवार मेदनीप्रसाद सिवाकोटीले ५७७ मत प्राप्त गरेका छन् । सिवाकोटी माओवादीबाट उम्मेदवार बनेका थिए ।
भद्रपुर वडा नं. १ मा निर्वाचित हुने वडासदस्यहरुमा टिकाप्रसाद भण्डारी र दिल बहादुर लिम्बू, महिला वडासदस्यमा सीताकुमारी गुरुङ र दलित महिला वडा सदस्यमा अम्विका विश्वकर्मा विजयी भएका हुन्