युनिकोड    राशिफल    एफएम रेडियाे                        

झापा। झापाको मेचीनगर नगरपालिका ९ मा जंगली हात्तीको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् । स्थानिय थोप्ले बिरान सामुदायिक बनमा घाँस काट्न गएकी बसन्ती दनुवारलाई दिउँसो अन्दाजी १ बजे जंगली हात्तीले अक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।
प्रहरीको अनुसार दनुवारको पेट र शरिरको विभिन्न भागमा चोट लागेको छ । घाईतेलाई उपचारको लागि वि एण्ड सि हस्पिटल लगिएको झापा जिल्ला प्रहरी प्रवत्ता वशन्त पाठकले जानकारी दिनुभयो ।

आइतबार बिहान मात्रै झापाको बाहुण्डाँगीबाट १५ वटा हात्ती तेलपानी सामुदायिक वनमा प्रवेश गरेको थियो । सोही हात्तीको हुलबाट छुटेको केही हात्ती थोप्लेबिरान पसेको स्थानीयहरुले बताएका छन् । भारतको सिमा क्षेत्रमा पर्ने झापा मेचीनगर नगरपालिकाको बाहुण्डाँगीमा दिनहूँ जसो हात्ती आउने गर्दछ । ८० वटा भन्दा बढी जंगली हात्ती मेची खोलामा आएको र त्यही हन्जाबाट छुटेको उक्त समूह नेपाल प्रवेश गरेको स्थानिय शंखर लुईटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९