युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडाैं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज (साेमवार) सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वैशाख ३० गते निर्वाचन सम्पन्न सबै स्थानीय तहको मतपरिणाम जेठ ३ गतेभित्र ५० प्रतिशत र ५ गतेभित्र सम्पूर्णको सार्वजनिक गर्न निर्देशन दिएको बताउनुभयो।

मतगणनास्थलमा अध्याधिक जनशक्ति परिचालन गर्ने, सुरक्षा व्यवस्था मिलाउने र त्यसको लागि आवश्यक पर्ने व्यवस्था र वित्तीय खर्च मागअनुसार आयोगले व्यवस्था गर्ने उहाँले प्रष्ट पार्नुभयो।

थपलियाले मतगणनास्थलमा निजामती कर्मचारी, प्रदेश सरकार वा स्थानीय निकायका कर्मचारीलाई परिचालन गरी यथासक्य धेरै टोली बनाइ मतगणनाकार्यमा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आयोगले ७७ जिल्लामा शान्तिपूर्ण, स्वतन्त्र र निश्पक्षरुपमा सम्पन्न भएको निर्वाचनको घोषणा नागरिकलाई जानकारी दिन सम्पूर्णरुपमा काम गरिरहेको बताउनुभयो।

मतगणनास्थलमा दलका प्रतिनिधि र गणकबीच मतपत्रका सम्वन्धमा साना, मसिना त्रुटि समाधानमा आयोगले सहजीकरणको भूमिका खेल्नेसमेत उहाँले उल्लेख गर्नुभयो।

‘मतगणनास्थलमा सुरक्षा संयन्त्र सुदृढ रहेको छ, यस सम्वन्धमा सुरक्षा निकायबाट सुनिश्चिता प्रदान गरिएकोले यसमा कुनै किसिमबाट अल्मलिनु हुँदैन’, उहाँले भन्नुभयो ।

बैशाख ३० गते निर्वाचनका क्रममा केही स्थनामा भएको घटनामा सङ्लग्न व्यक्तिलाई छिट्टै नियन्त्रणमा लिई निर्वाचन अपराध तथा कसुर सजाय ऐनअन्तर्गत कार्वाहीको प्रक्रिया प्रारम्भ गर्न सरकारलाई आग्रह गरेको थपलियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९