युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौँ- भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका विजय सुवेदी आफ्ना निकटतम प्रतिस्पर्धी रेनु दाहालभन्दा ७३ मतले अगाडि पुगेका छन् ।

पछिल्लो मतगणनाअनुसार एमालेका विजय सुवेदीले ४६२५ मत ल्याएका छन् भने गठबन्धन उम्मेदवार माओवादीकी रेनु दाहालले ४५५२ मत ल्याएकी छन्।

नेपाली कांग्रेसका तर्फबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले २०४० मत ल्याएका छन्। १३ हजार ५ सय ६५ मत गन्दा विजय सुवेदी झिनो मतसाथ अगाडि रहेका छन्।

उपमेयरमा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५३९५ मत ल्याएका छन् भने राप्रपाकी हिमला गुरुङले ३६७९ मत ल्याएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९