युनिकोड    राशिफल    एफएम रेडियाे                        

कोलकत्ता । भारतका लागि नेपाली राजदुत डा. शंकर प्रसाद शर्मा र कोलकत्ता स्थित महावाणिज्य दुत इश्वरराज पौडेलसँग झापा मेचीनगरका सरोकारवालाहरुसँग छलफल सम्पन्न भएको छ । आइतबार पश्चिम भारतको कोलकत्तामा मेचीनगर नगरपालिका वडा नं ४ का नव निर्वाचित वडाध्यक्ष तथा अभियानता अर्जुनकुमार कार्की सहित सारोकारवालाहरुको टोलीले राजदुत शर्मा र महावाणिज्य दुत पौडेलसँग सिमा क्षेत्रका सम्बन्धमा विभिन्न विषयमा छलफल गरेको हो ।

छलफलमा सिमा क्षेत्रमा हुने विभिन्न संभावना तथा चुनौतिको विषयमा कुरा भएको थियो । वडाध्यक्ष अर्जुन कार्कीले सिमा क्षेत्रबाट हुने लागु औषधको तस्करी तथा कारोबार, चुरे क्षेत्रको दोहनमा द्वि–देशीय समझदारी सम्बन्धमा, हात्ती समस्या र पर्यटनसँग जोड्ने प्रयास आदिको बारेमा समस्या तथा समाधनको लागि गरिनु पर्ने कार्यहरुको बारेमा सुझाएका थिए । गाईको दुध तथा दुग्ध परिकारहरुको व्यापार, चिया तथा तेजपातको बजार लागयतको विषयमा युवा कृषक लुसन तिवारीले महत्वपूर्ण प्रस्तवा राख्नु भएको थियो । भारत सरकारसँग कुटनितिक सम्बन्ध राख्दै ति र अन्य विविध विषयहरुमा सहयोगको लागि सरोकारवालाहरुले अनुरोध समेत गरेको थिए ।

मेचीनगर ४ को लागि एउटा एम्बुलेन्स तथा सिमाबाट हात्ती नेपालमा छेक्न प्रयोग गरिने गाडिको लागि पनि पहल गरिने आस्वशन राजदुत शर्माले दिएका छन् । सिमाका कतिपय समस्याहरु स्थानिय स्तरबाटै सिडिओ तथा सुरक्षा अधिकारीहरुले समन्व्यात्मक कार्य गरेर समाधानको बाटो पहिल्याउन सकिने राजदुत शंकर प्रसाद शर्माले बताउनु भयो ।

नितिगत कुराहरुमा समन्वय गरेर नयाँ मेची पुलबात सहजै आवतजावत गर्न पहल गर्ने महावाणिज्य दुत पौडेलले प्रविबद्धता व्यक्त गर्नु भयो । मेची भन्सार र रानिगञ्ज भन्सारको सम्बन्ध मजबुत गरी पैठारी र ढुवानी दुवै सहज बनाउन कोलकत्ताबाट गर्नुपर्ने सबै कामा आफूँहरुले सहजिकरण गरेको समेत उहाँले बताउनु भयो । जेठ २२ गते मेचीनगर ४ मा आयोजना गरिएको ‘विश्व वातावरण दिवस’ कार्यक्रममा निम्तो लिएर गएको टोलीलाई कोलकत्ता स्थित महावाणिज्य दुतको कार्यालयबाट हुनसक्ने सबै किसिमको सहयोग समेत गर्ने पौडेलले आवश्वसन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९