युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र लिनका लागि यसअघि परेका सबै अनलाइन आवेदनहरू रद्ध भएका छन्

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सोमबार (आज) साँझबाट नयाँ अनलाइन प्रणाली शुरु हुने जानकारी दिएको छ।

नयाँ सवारी चालक अनुमतिपत्र प्राप्त गर्नको लागि अप्लाईडीआई डट डओटीएम डट जीओभी डट एनपीमा लगइन गरी नयाँ आवेदन फारम भर्नका लागि विभागले अनुराेध गरेकाे छ ।

“सवारी चालक अनुमति पत्र (नयाँ तथा वर्ग थप) गर्नका लागि हालसम्म परेको अनलाइन आवेदन आजदेखि रद्द गरी जेठ १६ गते सोमवार बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली शुरू हुने भएकाले नयाँ सवारी चालक अनुमतिपत्र प्राप्त गर्नको लागि अप्लाईडीआई डट डओटीएम डट जीओभी डट एनपीमा लगइन गरी नयाँ आवेदन फारम भर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशन गरिएको छ ।” विभागले जारी गरेको सूचनामा जनाइएकाे छ ।

त्यस्तै वर्ग थप गराउन चाहने सेवाग्राहीको लागि आवेदन अर्को हप्ताको सोमबारबाट खुला गरिने विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९