युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडाैं । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ  र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङ  र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले प्रदेश नं एक, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनरचट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरिएको छ ।

मंगलवार प्रदेश नं एक, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई प्रदेश न एक, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९