युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

काठमाडौं । पछिल्लो २ साता यता नेपालमा लगातार पानी परिरहेको छ ।

त्यसैले कतै नेपालमा मनसुन सुरू भएको होइन ? भन्ने जिज्ञासा धेरैको मनमा उठेको छ ।

नेपालमा सामान्यतया मनसुन जुनको दोस्रो साता अर्थात जुन १३ बाट सुरु हुने विश्वास गरिन्छ । तर हरेक वर्ष ठिक यही समयमा मनसुन सुरु हुन्छ भन्ने हुँदैन। यो मितिभन्दा केही दिन अगाडि र केही दिन पछाडि पनि हुनसक्ने मौसमविद्हरू बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागले मनसुनबारे मौसमी प्रणालीमा अध्ययन भइरहेको जनाएको छ। नेपालमा अहिले नै मनसुन सुरू नभएको मौसमविद् राजु प्रधानाङ्गले जानकरी दिनुभयो ।

हामी अहिले मौसमी प्रणालीको अध्ययन गरिहरेका छौं। अहिले नै मनसुन भित्रिएको छैन। केही दिन लाग्नसक्छ,’ मौसमविद्  प्रधानाङ्गले बताउनुभयो ।

सामान्यतः भारतको केरलामा मनसुन सुरू भएको सातादेखि १० दिनभित्र नेपालमा पनि आइपुग्छ मौसमविद् बताउँछन्।

‘केरलामा मनसुन सुरू भइसकेको छ। अब नेपालमा कति समयमा आउँछ, त्यो हामी अध्ययन गरिरहेका छौं,’ उहाँले बताउनुभयो ।

नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपासमा रहेको न्यूनचापीय रेखा तथा पश्चिमी वायुको प्रभाव रहेको छ।

स्थानीय वायुको प्रभाव रहेको मौसमी प्रणालीमा कुनै पनि समय मौसममा बदली भएर हावाहुरी तथा चट्याङसहित क्षणिक वर्षा हुन्छ। यो मौसमी प्रणालीमा लामो समय पानी पर्दैन।

मनसुन सुरु भएपछि भने लामो समय देशका धेरै स्थानमा पानी पर्छ। पानी पर्दा खोला तथा नदीमा पानीको बहाव बढ्ने तथा बाढी आउने हुनसक्छ। यस वर्ष तुलनात्मक रुपमा बढी वर्षा हुने मौसमविदहरुले प्रक्षेपण गरेका छन् । त्यसैले यसवर्ष तराईका भूभागमा अझ बढी सतर्कता अपनाउनुपर्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९