युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

नयाँ दिल्ली। भारत बायोटेक कोभ्याक्सले कोरोना भाइरस बिरुद्धको कोभ्याक्स खोप राज्य सरकारलाई प्रति डोज ६ सय रुपैयाँमा र निजी अस्पतालहरुलाई प्रति डोज १२ सय रुपैयाँमा बेच्ने भएको छ। एक विज्ञप्ति जारी गर्दै भारत बायोटेकका अध्यक्ष तथा प्रबन्ध निर्देशक कृष्ण एल्लाले कम्पनीले केन्द्र सरकारलाई प्रति डोज १ सय ५० रुपैयामा बितरण गरी सरकारी निःशुल्क भ्याक्सीन वितरणमा साथ दिएको बताए।

उनले कम्पनीको क्षमताको ५० प्रतिशत सरकारका लागि सुरक्षीत गरिएको पनि बताए। उनले सर्बसाधरणमा भ्याक्सीनको सहज पहुँचका लागि कोभिड–१९, जिका, हैजा अन्य जस्ता खोपहरूमा समेत सहयोग गर्ने बताए। कम्पनीले यसै हप्ताको सुरुमा खोप निर्माताले घोषणा गर्दै तीनै चरणको परिक्षण पछि कोभ्याक्स ७८ प्रतिशत प्रभाकारी देखीएको जनाएको छ।

गत साता सेरम ईन्स्टिच्युट अफ इण्डियाले कोभिशिल भ्याक्सिन प्रति डोज निजी अस्पताललाई ६०० रुपैयाँमा बेच्ने र राज्य सरकारलाई ४०० रुपैयाँमा बिक्री गर्ने जनाउँदै यसअघि केन्द्रीय सरकारसंग भएको १ सय ५० प्रति डोजको सम्झौता समाप्त भएको जानकारी गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९