युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं । कलाकार पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी दुई जिल्ला अदालतले गरेको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ ।

नावालिका गायिकालाई बलात्कार गरेको आरोप लागेका कलाकार शाहलाई जिल्ला अदालत कास्की र नवलपुरले थुनामै राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी आदेश गरेका थिए ।

दुवै अदालतको आदेश विरुद्ध कलाकार शाह उच्च अदालत पोखरा गएका थिए । उनले आफूलाई साधारण तारिखमा राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने माग गरेका थिए ।

न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको इजलासले जिल्लाको आदेश सदर गरेको उपरजिष्टार विष्णुप्रसाद आचार्यले जानकारी दिए । आदेश उदृत गर्दै उनले भने, ‘जिल्ला अदालतबाट भएको आदेश वेरितको नदेखिंदा परिवर्तन गरिहनु पर्दैन भन्ने आदेश भएको छ ।’

उच्च अदालतको आदेश विरुद्ध कलाकार शाहलाई सर्वोच्च अदालतमा निवेदन दिन पाउने बाटो खुला छ । सर्वोच्च अदालतले उच्च अदालत पोखराको आदेश सदर गरेमा कलाकार शाहले थुनामै बसेर दुईवटा बलात्कार मुद्दाको सामना गर्नुपर्छ ।

सर्वोच्च अदालतले उच्च अदालत पोखराको आदेश बदर गरेमा भने उनले धरौटी वा सामान्य तारिखमा बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउनेछन् ।

उनी विरुद्धको बलात्कारका दुई मूल मुद्दा भने तनहुँ र नवलपुर जिल्ला अदालतमा विचाराधीन छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९