युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

सोलुखुम्बु । सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्रमा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा नौ दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रु अलपत्र परेका छन् ।

लगातार मौसम खराबीका कारण उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रु अलपत्र परेका छन् । पर्यटकीय सिजनको अन्त्य हुँदै गएको र हिमाल आरोहण गरी फर्कने यात्रु समस्यामा भएको पर्यटन व्यवसायीले बताएका छन् ।

खुम्बुक्षेत्रको एक मात्र विमानस्थल लुक्लामा सबै उडान अवरुद्ध भएपछि खुम्बु भ्रमण गरी लुक्लाबाट फर्कने तथा काठमाडौँबाट आउने दुवैतिरका यात्रु अलपत्र बनेका छन् । लुक्लामा मौसममा सुधार आउला र काठमाडौँ जान पाइएला भनेर विमान कुरेर यात्रु बसिरहेको बताइएको छ ।

आइतबार तारा एयरका पाँचवटा उडान रहेकोमा मौसम प्रतिकूलताका कारण उडान प्रभावित भएको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख द्वारिका अछामी नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार लुक्लाबाट तीन र सुर्केबाट सातवटा हेलिकप्टरले उडान गर्दा केही राहत भएको छ । आइतबार तीनवटा हेलिउडान भएका छन् । विमानस्थलमा भिजिबिलिटी अत्यन्त न्यून रहेकाले हवाईजहाज तथा हेलिकप्टर उडान तथा अवतरण हुन नसकेको हो ।

लुक्लामा हाल तारा एयरले मात्र उडान गर्ने गरेको छ भने समिट र सीता एयरले उडान झिकेका छन् । तत्काल मौसममा सुधार हुने अवस्था नदेखिएपछि कतिपय यात्रु पैदलमार्फत सदरमुकाम सल्लेरी हुँदै सडक मार्गबाट गन्तव्य तय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९