युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्काले सरकार कुनै पनि सैन्य गठबन्धनमा नजाने बताएका छन् । अमेरिकी जर्नेलको नेपाल भ्रमणका क्रममा आएको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपीपी) प्रस्ताव सम्बन्धमा मन्त्री खड्काले उक्त कुरा बताएका हुन् ।

 

परराष्ट्रमन्त्री नारायण खड्का । फाइल तस्बिर ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्री खड्काले मेरिकी सेनाको प्रशान्त क्षेत्रका प्रमुख चार्ल्स ए. फ्लिनको नेपाल भ्रमणका क्रममा एसपीपीमा हस्ताक्षर अर्थात् अमेरिकी सैन्य गठबन्धन गर्ने विषय हल्लामात्रै भएको दाबी गरे ।

उनले कांग्रेस नेतृत्वको सरकार कुनै पनि सैन्य गठबन्धनमा नजाने बताए । ‘अमेरिकाका जर्नेलको नेपालको भ्रमण र उहाँको भेटघाट यो कहीं अमेरिकी सैन्य गठबन्धनमा नेपाललाई लाने प्रस्ताव हो कि, भन्ने १० बुँदे केही पत्रपत्रिकाले लेखेका छन् । स्टेट पार्टनरसीपअन्तर्गत हिजोको दिनमा एमसीसी आइरहँदा हामीले इन्डो-प्यासिफिकका कुरा गर्‍यौं । यसमा कुनै गठबन्धनमा सहभागी हुने कुरा भएको छैन । सैन्य गठबन्धनमा फस्न लाग्यो नेपाल भन्ने बाहिर आएको छ । त्यो होइन,’ उनले भने, ‘कांग्रेस नेतृत्वको सरकार स्वाभीमानी, राष्ट्रवादी र देशभक्ति रहेको छ । विगतमा प्रधानमन्त्री, राष्ट्रपतिको भ्रमण हुँदा कुरा उठेनन् । कहिले काहीं यस्ता विषय उठाइने गरिएको छ । तर संसद्मा‌ म पूर्ण विश्वासकासाथ निवदेन गर्न चाहन्छु । स्वाभीमानी, राष्ट्रवादी र मुलुकको हितमा काम गर्ने सरकारले कुनै खालका सैन्य गठबन्धनमा जाँदैन । आवश्यकता छैन ।’

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई कुनै पनि सैन्य गठबन्धनमा जान आवश्यकता नरहेको उनले बताए । उनले भने, ‘के को लागि टाढाको देशले कुन हवाई मार्ग प्रयोग गरेर कुन दिशा प्रयोग गर्छ । हामी पत्रपत्रिकाको हल्लाको पछि नजाऔं ।’

परराष्ट्रमन्त्री खड्काले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण तयारीलाई शंकाको दृष्टिले नहेर्न आग्रह गरेका थिए । दुई पक्षको सम्बन्धलाई थप मजबुत बनाउन, आपसी सम्बन्धलाई गति प्रदान गर्न र सम्बन्धका नयाँ आयाम ल्याउनका लागि दुई देशको भ्रमण तथा छलफल अपरिहार्य रहेको उनले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९