युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

काठमाडौँ — दस खेलाडीमा सीमित नेपाल एसियाकप छनोट तेस्रो चरणको आफ्नो अन्तिम खेलमा मंगलबार इन्डोनेसियाबाट ७–० को ठूलो अन्तरले पराजित भएको छ । सम्भवत: नेपालका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अन्तिम खेल बिर्सनलायक रह्यो । हारपछि चार टिम सम्मलित समूह ‘ए’ मा नेपाल अन्तिम स्थानमा रह्यो ।

 

नेपालविरुद्ध गोल गरेपछि खुसी साट्दै इन्डोनेसियाली खेलाडी । तस्बिर स्रोत : पीएसएसआई

यस समूहबाट समूह विजेताका रूपमा जोर्डन र उत्कृष्ट दोस्रो स्थानमा रहेर इन्डोनेसिया एसियाकपका लागि छनोट भएको छ । इन्डोनेसियालाई आफ्नो दोस्रो स्थान बलियो बनाउन नेपालविरुद्ध प्रभावशाली जित आवश्यक थियो । यस अगाडि नेपाल जोर्डन र कुवेतविरुद्ध पनि पराजित रहेको थियो ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा भएको खेलमा नेपालले ३३ औं मिनेटमा दोहोरो पहेँलो कार्डमा सुमन अर्याललाई गुमाएको थियो । इन्डोनेसियाका लागि वितान सुलेमनले दुई गोल गरे भने मोहम्मद दिमास, आर्यन्टो, साददिल रामदानी, एक्लन बागोट र मार्सेलिना फर्डिनान्डले एक एक गोल गरे ।

यसै खेलबाट नेपालले एक नयाँ कप्तान पाएका छन् भने दुई थप खेलाडीले डेब्युको अवसर पनि पाए । पुजन उपरकोटीले टिमको कप्तानी गरेका थिए भने शिव गुरुङ र नीरकुमार राईले पहिलो पल्ट खेल्ने अवसर पाए । यससँगै पुजन नेपाली राष्ट्रिय टिमको कप्तान हुने २१ औं खेलाडी पनि भएका छन् ।

अल्मुताइरी आशावादी

मुख्य प्रशिक्षक अल्मुताइरीले सामाजिक संजालबाट आफू राष्ट्रिय टिमको प्रदर्शनबाट आशावादी रहेको बताएका छन् । मुख्य खेलाडी र प्रशिक्षकबीचको विवादपछि उनले दोस्रो रोजाईका खेलाडीले भरिएको टिम कुवेत लगेका थिए । यही विवादलाई लिएर गठित छानविन आयोगले उनलाई बिदा गर्ने सिफारिस गरेको छ ।

तर उनले सेप्टेम्बरमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आफ्नो नजर रहेको बताएर मुख्य प्रशिक्षकको कायम रहने संकेत गरेका छन् । उनको अनुबन्ध भने सन् २०२३ सम्म कायम छ । उनले भनेका छन्, ‘हाम्रो एसियाकप छनोट यात्रा सकिएको छ । यसका केही सकारात्मक पक्ष छन् भने केही कमजोर पनि । सेप्टेम्बरमा हुने मैत्रीपूर्ण खेलमा यसलाई सच्याउनु पर्नेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९