युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं । प्रदर्शन हुँदाहुँदै निषेधाज्ञा भएपछि रोकिएको फिल्म ‘चपली हाइट ३’ नेपालमा पुनः रिलिज हुने भएको छ । निर्माता अर्जुन कुमारले आगामी असारको मध्यतिर फिल्मको रि-रिलिज गर्ने जानकारी दिए ।

‘लकडाउनले मेरो फिल्म चल्दाचल्दै रोकियो । मैले राम्रोसँग चलाउनै पाइनँ । रि-रिलिज गर्दै दर्शकमाझ फर्कन लागेको हुँ,’ निर्माता कुमारले   भने, ‘नहेरेका दर्शकलाई एउटा अवसर हुनेछ ।’

यसैबीच, फिल्मले अमेरिकाको प्रदर्शन मिति पनि तय गरेको छ । न्युयोर्कस्थित बम्बे थिएटरमा आगामी १० जुलाईमा फिल्म प्रदर्शन हुने भएको हो । रेभिल इभेन्ट्स इन्कर्पोरेसनले फिल्मलाई प्रदर्शन गर्न लागेको हो ।

निकेश खड्का निर्देशित फिल्ममा स्वस्तिमा खड्का, महेश त्रिपाठी, आमिर गौतम, सुपुष्पा भट्ट लगायतको अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९