युनिकोड    राशिफल    एफएम रेडियाे                        

इलाम । इलामको माई नगरपालिका वडा नम्बर २ मा सरकारी बनको जमिन हडपेर फनपार्क निर्माण गरिरहेको बिवादीत हेप्पी डिम्स प्रालीका संचालक दिनेश शिवाकोटीले आफ्नो बिरुद्ध संचारमाध्यममा बोलेको भन्दै स्थानीयलाई धम्की दिएका छन् । शिवाकोटीले चेप्टकिा शंकर कुमाललाई आफ्नो बिरुद्धमा टेलिभजनमा अन्तरवार्ता दिएको भन्दै तुरुन्त आफुसँग माफी माग्न नत्र नतिजा राम्रो नहुने भन्दै धम्काएका हुन् ।

कुमालका बाबु सुर्य बहादुर कुमाल सोही फनपार्कमा काम गर्ने गरेको र शुरुमा काममा गएका आफ्नो बाबुमार्फत तुरुन्त माफी माग्नुपर्ने भन्दै धम्काएर पठाएको कुमालले बताए । बाबु डराउदै कामबाट घर फर्केर धम्काएको कुरा सुनाएपछी आफुले शिवाकोटीको ९८४२६७२०६७ नम्बरको मोवाइलमा फोन गर्ने क्रममा रिस साँचेर राखे राम्रो नहुने र तुरुन्तै माफि माग्नु पर्ने भन्दै धम्काएको उनको भनाई छ । आफुले संचारमाध्यममा साँचो कुरा बोलेको भएपनि गाउँले उचालेर शिवाकोटीले आफुमाथि खन्याएको उनले बताए । उनले शिवाकोटीले आफुमाथि जे पनि गर्नसक्ने भन्दै ज्यानको सुरक्षा खतरा भएको बताए ।

संचारमाध्यमा शिवाकोटी समुहको गलत धन्दा सार्वजनिक भएपछी त्यसलाई खण्डन गर्न भन्दै शिवाकोटीकै ब्यवसायिक साझेदार झापा चारआलीका बद्री महतले अनाधिकृत रुपमा स्थानीयको भिडियो खिचेर सार्वजनिक गरेका छन् । कुमाललाई पनि महतको भिडियो मार्फत पनि माफी माग्न शिवाकोटीले दवाब दिएका हुन् । महतले पत्रकारको नामै तोकेर ब्यक्तिगत फेसबुकमार्फत भिडियो सार्वजनिक गरेपछी पत्रकारले कानुनी उपचार खोज्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९