युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

रोङ। इलामको रोङ गाउँपालिका ४ मा चुरे दिवसको अवसर पारेर बृक्षारोपण गरिएको छ ।रोङ गाउँपालिका र रणसार्दुल गण गडिथुम्का इलामको संयुक्त आयोजनामा बिभिन्न प्रजातिका बिरुवा रोपीएको हो ।

गाउँपालिकाको कालीटारमा भेला भएका जनप्रतिनिधि, नेपाली सेना बन उपभोक्ता समितिका पदाधिकारी ,बन कर्मचारी र स्थानीयले सामुहिक रुपमा बिरुवा रोपेका हुँन । स्थानीय सुन्दर सामुदायीक बन क्षेत्रको खाली जमिनमा ७ सय बिरुवा रोप्ने गरी अभियान थालिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो(सुवाष)ले जानकारी दिनु भयो ।

उहाले खाली जमिनलाई हराभरा बनाउनका लागि बृक्षारोपण गर्दै जाने बताउनु भयो ।

उहाले रोङको करसोङ पदमार्गमा यसै बर्ष फलफुलका बिरुवा रोपीने बताउनु भयो । ‘बिरुवा रोप्नु मात्र ठूलो कुरा होईन संरक्षण गर्न जरुरी छ, बिरुवा रोपीको क्षेत्रमा तारबेरा समेत गर्ने योजना छ’अध्यक्ष स्याङ्बोले भन्नु भयो ।

रणसार्दुल गण गडिथुम्का इलामका गणपति सुनिल सुवेदीले खाली जमिनमा बिरुवा रोप्ने अभियानमा नेपाली सेनाले सधै साथ दिने बताउनु भयो ।

रोङ गाउँपालिकामा ३१ वटा सामुदायीक बन रहेको सेक्टर बन डिभिजन कार्यालयका कर्मचारी हेमचन्द्र गौतमले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९