युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले पुरिएर एकै परिवारका सासु बुहारीको मृत्यु भएको छ ।

निरन्तरको वर्षासँगै गएराति घर माथिबाट झरेको पहिरोले पुरिएर सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सासुबुहारीको मृत्यु भएको हो ।

पहिरोले पुरिएर सासु तुलसा अधिकारी र बुहारी यसोधा अधिकारीको मृत्यु भएको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले जानकारी दिनुभयो ।  मृतक दुवै जनाको सव शुक्रबार बिहान स्थानीयले पहिरोले पुरिएको अवस्था फेला पारेका उपाध्यक्ष माबोले जानकारी दिनुभयो ।

स्थानीयका अनुसार राती ११ बजेतिर घरमाथि पहिरो झरेको र सो पहिराले अधिकारीको घर बगाएको थियो । मृतक यसोधाका श्रीमान विष्णु अधिकारी भने भागेर ज्यान बचाउन सफल हुनुभएको स्थानीय ज्ञानेन्द्र पुर्कुटीले जानकारी दिनुभयो । अधिकारी पनि भाग्ने क्रमा सामान्य घाइते हुनुभएको बताइएको छ ।

यता घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली घटनास्थलतर्फ गएको बताइएको छ । प्रहरी टोली घटनास्थल पुगेपछि मात्र विस्तृत विवरण आउने ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलास राईले जानकारी दिनुभयो ।

यता तीन दिन यतादेखि निरन्तर वर्षा भइरहेको र वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पुर्याएको छ । अधिकांश ग्रामीण सडकहरु अवरुद्ध बनेका छन् भने विद्युत, सिँचाइ, विद्यालय लगायतमा क्षति पुगेको स्थानीयले बताएका छन् ।

कतिपय क्षेत्रका बासिन्दाहरु पहिरोको जोखिमका कारण विस्तापित नै भएका बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९