युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं । भारतले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको नयाँ मूल्य सूची नेपाललाई पठाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर ६.५२ रुपैयाँ, डिजेलमा प्रतिलिटर १९.३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर १९.९१ रुपैयाँ बढाएर नयाँ मूल्य सूची पठाएको हो ।

निगमका अनुसार नयाँ मूल्य सूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१.२८ रुपैयाँ, डिजेलमा ३७.१६ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा २.७० रुपैयाँ घाटा हुने छ । विश्व बजारमा कच्चा तेलको मूल्य वृद्धि भएकाले पछिल्लो समय भारतले वृद्धि भएको मुल्यअनुसार नयाँ सूची पठाउने गरेको छ।

नयाँ मूल्य सूचीअनुसार नेपालमा पनि मूल्य बढेमा पेट्रोलको मूल्य २०९ रुपैयाँ प्रतिलिटर आसपास पुग्नेछ । यति गरेमा मात्रै निगमको घाटा रोकिनेछ । निगमलाई बिहीबारदेखि पेट्रोलको खरिद मूल्य प्रतिलिटर २०९ रुपैयाँ २८ लाग्ने भएको छ ।

अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य १७८ रुपैयाँ तोकिएको छ । इन्डियन आयलको नयाँ सूचीअनुसार बिहीबारदेखि डिजेलको खरिद मूल्य २ सय नाघेर २ सय २ रूपैयाँ पुगेको छ । अहिले नेपालमा निगमले डिजेल प्रतिलिटर १६५ रुपैयाँमा बेचिरहेको छ ।

हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँ ९१ पैसाले बढेर आएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । निगमले रुस-युक्रेन युद्ध जारी रहेको अवस्थामा पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कायम मूल्यमा बढोत्तरी भएको जनाएको छ । त्यही बमोजिम इण्डियन आयल कर्पोरेसनले फेरि बढेको मूल्यसूची निगमलाई पठाएको हो।

भारतबाट बढेको सूची आएपछि अब निगममाथि अझै मूल्य बढाउन दबाब परेको छ । सरकारले १० रुपैयाँ कर घटाए पनि पेट्रोलियमको मूल्य लगत्तै त्यति नै दरमा बढाइसकेको छ । इन्डियन आयलको नयाँ मूल्य सूची अनुसार खाना पकाउने ग्यासको खरिद मूल्य उत्ति नै छ । तर प्रतिसिलिन्डर १८ सय बिक्री रहेको एलपी ग्यासमा निगमले ७ सय ५१ रुपैयाँ १४ पैसा घाटा भोगिरहेको छ ।

निगमले बिहीबारदेखि आएको नयाँ मूल्यसूची बमोजिम अबका १५ दिनमा ४ अर्ब ८१ करोड घाटा हुनेछ । उता निगमको मासिक घाटा नै बढेर ९ अर्ब ६३ करोड पुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९