युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गर्दैछ ।

एसपीपीबारे छलफल गर्न संसदीय समितिले परराष्ट्रमन्त्री खड्का र प्रधानसेनापति शर्मालाई आमन्त्रण गरेको हो । एसपीपीमा नेपाली सेनाको सहभागिता र सेनापतिको आसन्न अमेरिका भ्रमणबारे जानकारी लिन संसदीय समितिले महारथी शर्मालाई बोलाएको हो।

समितिकी सभापति पवित्रा निरौला खरेलले सेनापतिको अमेरिका भ्रमण र एसपीपीमा सेनाको भूमिकाबारे जनआवाज उठेकाले संसदीय समिति स्पष्ट हुन खोजेको बताउनुभयो । शुक्रबार बिहान ९ बजेपछि सिंहदरबारमा जारी बैठकमा पूर्वरक्षामन्त्री ईश्वर पोखरेल र भीम रावल पनि सहभागी हुनुहुन्छ ।

नेपाली सेनाले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सार्वजनिक पत्रको सान्दर्भिकता अहिले नभएको जनाएको छ। सन् २०१५ को अक्टोबर २७ मा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई स्टेट नेसनल गार्डसँग सहकार्यका लागि अनुरोध गर्दै लेखेको पत्र सार्वजनिक भएको थियो। त्यसपछि पत्रको आधिकारिकताबारे प्रश्न उठिरहेको छ। यसमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले पत्र आधिकारिक नै भएको पुष्टि गरेको छ ।

सेनाका अनुसार नेपालमा विनाशकारी भूकम्पबाट ठूलो जनधनको क्षतिमा छिमेकी तथा विभिन्न मित्र राष्ट्रले उद्धारमा सहायता गरेको र त्यसको व्यवस्थापन नेपाली सेनाले गरेको थियो। जंगी अड्डाले फेरि झन् ठूलो भूकम्प जाने सम्भावना भनेपछि सन् २०१५ मा आधुनिक उद्धार प्रविधि र अनुभव साटासाटका लागि विभिन्न देशलाई अनुरोध गर्ने क्रममा अमेरिकालाई अनुरोध गरिएको र अहिले त्यसको सान्दर्भिकता नरहेको जनाएको छ। यसबारे यथार्थ विवरण लिन समितिमा बोलाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९