युनिकोड    राशिफल    एफएम रेडियाे                        

इलाम । इलामको माई नगरपालिका–२ चेप्टीमा सरकारी जमिन हडपेर व्यवसायिक फनपार्क निर्माण गर्दै आएको ह्याप्पी ड्रिम्स प्रालिको एकपछि अर्को गर्दै गैरकानुनी कर्तुत बाहिर आउन थालेपछि त्यसलाई लुकाउन अनेक हर्कत गर्न थालेको छ । कम्पनीका सञ्चालकद्वय दिनेश सिवाकोटी र बद्री महतले स्थानीयलाई उकासेर समाचारविरुद्ध केही स्थानीयलाई प्रभावमा पारेर बोल्न लगाएका छन् । उनीहरुले उक्त भिडियोसमेत गैरकानुनी रूपमा फेसबुकमा हाल्ने गरेका छन् । स्थानीय सरस्वती सामुदायिक वनको समिति गठन कार्यक्रममा उपस्थित भएका स्थानीयलाई उकासेर समाचारविरुद्ध बोल्न लगाउँदै महतले फेसबुकमा सार्वजनिक गरेका छन् ।

सरकारी जग्गा हडपेको र सार्वजनिक वन मासेको आरोपमा डिभिजन वन कार्यालय इलाम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका बेला उनले अनेक बहानामा स्थानीयलाई प्रभावित पारेर अनुसन्धानमा बाधा पु¥याइरहेका छन् । फकाउँदा मान्नेलाई प्रकाशित÷प्रशारित समाचारविरुद्ध बोल्न लगाउने, सत्य कुरा समाचारमा बताउनेलाई सुरुमा प्रभावमा पार्न खोज्ने र नमाने धम्की नै दिने गरेको पाइएको छ । संचालक शिवाकोटीले चेप्टीका शंकर कुमाललाई फोनमार्फत धम्क्याएका थिए । ‘रिसराग नराख्नू, आएर तुरुन्त माफी माग्नू, नत्र राम्रो हुँदैन,’ फोनमार्फत कुमाललाई धम्क्याउँदै शिवाकोटीले भनेका छन् ।

यो प्रकरण सार्वजनिक भएपछि त्यसमा संलग्न माई नगरपालिका–२ का तत्कालीन वडाध्यक्ष तथा हालका नगरप्रमुख खम्बसिंह लिम्बू, संचालक शिवाकोटीलगायतको टोली काठमाडौं गएर समाचार रोकिदिन र बचाउन विभिन्न दलका नेता तथा मन्त्रीको शरणमा पुगेका थिए । प्रदेश–१ सरकारले नवनिर्वाचित प्रमुख र उपप्रमुखका लागि गरेको भेलासमेत छाडेर मेयर लिम्बू काठमाडौं हानिएका थिए । उनी यो प्रकरणमा सुनपानी छर्कन खोजिरहेको निकटहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९