
काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को ‘च्याप्टर क्लोज’ भइसकेको बताएका छन्। शुक्रबार बिहान प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा खड्काले एसपीपीको छलफलमा च्याप्टर क्लोज भइसकेकाले अब बहस आवश्यक नभएको बताएका हुन् ।
खड्काले एसपीपी नेपालको हितमा नभएको स्पष्ट पारे। ‘नेपालको हितमा एसपीपी छैन। यो अगाडि बढ्दैन। हामी सामरिक गठबन्धनमा जाँदैनौं । ’उनले भने, ‘यसको च्यापटर नै क्लोज भइसक्यो । यसको खोतलखातल नगरौं । एउटै विषय पटक पटक नकोट्याउँ।’
खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले नै अगाडि बढ्दैन भनेपछि बहस गर्नु आवश्यक नभएको जानकारी गराए। उनले अब यो विषय टुंगिसकेकाले अगाडि नबढ्ने जिकिर गरे।