युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडाैं । झारखण्डका पूर्व गभर्नर र आदिवासी नेता द्रौपदी मुर्मुलाई भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले राष्ट्रपतिको उम्मेदवारको बनाएको छ । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले मंगलबार यो घोषणा गरेका हुन् ।

जेपी नड्डाले पहिलो पटक आदिवासी महिला उम्मेदवारलाई प्राथमिकता दिएको बताए । यदि द्रौपदी मुर्मुले राष्ट्रपति चुनाव जितिन् भने उनी देशको पहिलो आदिवासी महिला राष्ट्रपति हुनेछिन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि एनडीए गठबन्धनकी द्रौपदी मुर्मुलाई राष्ट्रपति पदका लागि उम्मेदवार बनाएको भन्दै ट्वीट गरेर आफ्नो प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, ‘श्रीमती द्रौपदी मुर्मु जीले आफ्नो जीवन समाजको सेवा र गरिब, दलित र सीमान्तकृत मानिसहरूलाई सशक्तीकरण गर्न समर्पित गर्नुभएको छ। उनीसँग प्रशस्त प्रशासनिक अनुभव छ ।’

उनले विपक्षी उम्मेदवार यशवन्त सिन्हाको सामना गर्नेछिन्। द्रौपदी मुर्मु ओडिशाको मयुरभञ्ज जिल्लाकी हुन् र आदिवासी समुदायबाट आएकी हुन्। उनले एक शिक्षिकाको रूपमा काम सुरु गरेकी थिइन् । र त्यसपछि ओडिशाको राजनीतिमा प्रवेश गरिन् ।  सन् १९९७ मा काउन्सिलरको चुनाव जितेर उनी ओडिशाको रैरङपुरको उपाध्यक्ष भइन्। सोही वर्ष उनी भाजपाको एसटी मोर्चाको प्रदेश उपाध्यक्ष चुनिइन् । उनी मयुरभञ्जको रायरंगपुरबाट बीजेपीको टिकटमा दुई पटक विधायक (२०००-२००९) भइन् । द्रौपदी मुर्मु सन् २०१५ देखि २०२१ सम्म झारखण्डको गभर्नर पनि रहेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९