युनिकोड    राशिफल    एफएम रेडियाे                        
प्रबिन बराल इलाम। सानो पाथीभरा क्षेत्रमा सौन्दरिकरणको काम सुरु भएको छ । इलामको पर्यटकीय क्षेत्र रोङगाउँ पालिका वडा नम्बर ३ मा अवस्थित पाथिभरा मन्दिरको प्रवेश द्वार हाँसपोखरी र कुटिडाँडा क्षेत्र मा सौन्दरिकरणको काम भईरहेको सानो पाथीभरा पर्यटन पुर्बाधार निर्माण उपभोक्ता समितिका अध्यक्ष टाइसन राइले जानकारी दिए ।
प्रदेश सरकार पर्यटन तथा संस्कृति मन्त्रालय अन्तर्गत विनियोजित चालीस लाख रकमले सौन्दर्यिकरणको काम भईरहेको अध्यक्ष राइले बताए ।
नेपाल सहित छिमेकी मुलुक भारतबाट समेत धार्मिक पर्यटक आउने यो क्षेत्रलाई सौन्दर्यिकरण गरेर थप आकर्षित बनाउने रोङ गाउँपालिकाका अध्यक्ष मनि कुमार स्याङ्बोले ( सुभास ) बताए ।`विनियोजित रकमले केही काम हुने र थप कामको लागि योजना बनाएर उपल्लो सरकारसंग माग गरिएको र सम्बोधन हुनेमा बिस्वस्त रहेको छु´। अध्यक्ष तामाङ को भनाइ छ ।
उनले थपे ` कुटिडाँडा बजार क्षेत्रमा पार्किङको आवश्यकता रहेको र त्यो चाँडैपुरा गर्ने छौ´। पर्यटकिय नगरी सुर्योदयसंग जोडिएको पाथीभरा क्षेत्रलाई व्यावस्थित र थप प्रचार गर्न सके स्थानियको आर्थिक उपार्जनको राम्रोबाटो हुने सानो पाथीभरा पर्यटन पुर्बधार निर्माण उपभोक्ता समितिका सचीव बिवेक गुरुङले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९