युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

काठमाडौँ।  श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमसिंघेले मुलुकको अर्थव्यवस्था टाट पल्टिएको बताएका छन् । बुधबार संसद्‍लाई सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमसिंघले मुलुकको अर्थतन्त्र टाट पल्टिएको बताएका हुन् ।

 

श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमसिंघे । तस्बिर : रोयटर्स

पछिल्लो समय श्रीलंकाले इन्धन, विद्युत् र खाद्यान्नमा चरम अभाव झेल्दै आएको छ । श्रीलंकाली अर्थतन्त्रलाई ‘ट्य्राक’ मा ल्याउन अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत साझेदार संस्थासँग सरकारले सहयोगको प्रस्ताव गरेको पनि उनले बताए । ‘हाम्रो अर्थतन्त्र पूर्ण रूपमा टाट पल्टिएको छ,’ उनले भने ।

श्रीलंकाले पछिल्लो समय स्वतन्त्रतायताकै सबैभन्दा ठूलो आर्थिक संकट सामना गरिरहेको छ । विदेशी मुद्राको अभावसँगै इन्धन आपूर्ति लगभग ठप्प भएको छ भने खाद्यान्न तथा औषधिको चरम अभाव देखिएको छ । दैनिक उपभोग्य वस्तुको भाउ अकासिएका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।

कठिन परिस्थितिमा प्रधानमन्त्रीको कुर्सी सम्हालेका विक्रमसिंघले पनि तत्कालै श्रीलंकाली अर्थतन्त्रलाई लिकमा ल्याउन सक्दैनन् भन्ने आलोचकहरूको भनाइ छ । आलोचनाबाट जोगिन पनि उनले श्रीलंकाली आर्थिक संकट अघिल्लो सरकारकै उपज भएको र त्यसलाई उकास्न आफू लागिपरेको बताउँदै आएका छन् । वासिंटनस्थित सेन्टर फर ग्लोबल डेभलपमेन्टका फेलो तथा अर्थविद् अनित मुखर्जी भन्छन्, ‘उनीबाट एकदमै न्यून आशा गर्न सकिन्छ ।’ मुखर्जी रणनीतिक हिसाबले महत्त्वपूर्ण रहेको मुलुकलाई अस्तव्यस्त छाड्न नहुने बताउँछन् ।

श्रीलंकाली आयल निगम उधारोमा चुर्लुम्मै डुबेका कारण इन्धन आयात गर्न नसक्ने अवस्थामा पुगेको पनि प्रधानमन्त्री विक्रमसिंघले बताएका छन् । उनले संसद्‍लाई गराएको जानकारीअनुसार सिलोन पेट्रोलियम कोर्पोरेसन ७०० मिलियन डलर ऋणमा रहेको छ । ‘त्यसैकारण कुनै पनि मुलुक तथा संस्था हामीलाई इन्धन आपूर्ति गर्न तयार छैनन् । उनीहरू नगदमा पनि इन्धन आपूर्ति गर्न हिच्किचाइरहेका छन्,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९