
पोखरा। गए रातिदेखि परेको अविरल वर्षाले पोखरा महानगरपालिकाको वडा नम्बर २५ का विभिन्न ठाउँमा पहिरो जानुका साथै बस्ती डुबानमा परेको छ टीलाई जानकारी दिए। तिमिल्सिनाका अनुसार मानवीय क्षति भने भएको छैन।
पोखरा २५ हेम्जाको सुइँखेत क्षेत्रमा पानी जम्दा बस्ती नै डुबानमा परेको उनले जानकारी दिए। ‘बस्तीका करिब ढेड सय घर डुबानमा परेका छन्, पशु चौपाया मरेका छन् तर मानवीय क्षति भएको छैन’, उनले भने, ‘टोलबासीहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा लगिएको छ। उनीहरुको कोही आफन्तकोमा गएका छन्, भने कोहीलाई मन्दिर र पाटीमा राखिएको छ, अहिले डोजरको साहयतामा पानी कटाउने काम भइरहेको छ।’
यस्तै पोखरा २५ क्षेत्रमै विभिन्न ठाउँमा पहिरो खसेको तिमल्सिनाले जानकारी दिए। पहिरोले केही घरसमेत बगाएको छ। फार्महरु बगाएको छ । गाई बाख्रा बगाएको छ। मानवीय क्षति भने हुन नपाएको उनले बताए। ‘पशु चौपाया र भौतिक क्षति धेरै भएको छ, मानवीय क्षति छैन’ वडाध्यक्ष तिमिल्सिनाले भने।