युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

झापा । झापाको मेचीनगर–५ अँधेरी टोलमा एक जना पुरुषको हत्या भएको छ । हत्या हुनेमा सोही ठाउँका ४० वर्षीय भीमराज लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको हत्या मेचीनगर–५ अँधेरी टोलकै ५६ वर्षीय सुकराज लिम्बूले गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनीहरु साथी–साथी हुन् । बुधबार राति करिब ८ बजेतिर सँगै हिँड्ने क्रममा उनीहरुबीच सामान्य झगडा भएको थियो ।
‘ग्रोल सडक छेउमा लाश भेटिएको स्थानीयले खबर गरेपछि प्रहरीको टोली पुगेको थियो ।

घाँटीमा कपडाको ब्यान्डेजले बाँधिएको र मुखबाट रगत आइरहेको शंकास्पद अवस्थामा शव भेटियो,’ उनले भने, ‘इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षको कमान्डमा प्रहरी गएर अनुसन्धन गर्‍यो । त्यो क्रममा सुकराजलाई राति ३ बजे पक्राउ गर्न सफल भयौँ ।’

सुकराजले आपसी झगडा भएपछि खुट्टामा बाध्ने क्र्याक ब्यान्डेजले भीमराजको घाँटीमा बाँधी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा स्वीकार गरेको डिएसपी थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९