युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

प्रबिन बराल झापा।सरकारले सवारी साधनमा कुल भाँडादरको ४५ प्रतिशत छुट दिने भनेपनि पुर्बीनेपालको झापा इलाम लगायत जिल्लाहरूमा यो कार्यान्वयनमा आउन सकेको छैन ।

चारआलिबाट धुलाबारी जाँदै गरेकी आरति दर्जीले भनिन ‘मैले २० रुपैंया दिए । के गर्नु छुट पाइन।’ बसका सहचालकले भने ‘शनिबारदेखी फेरि भाडा बढेको छ पूरा भाडा नदिए आदि बाटोमै ओराल्दिन्छु।’ सरकारले विद्यार्थी, अपाङगता भएका र जेष्ठ नागरिकलाई आरक्षण दिएर सार्वजनिक यातायातमा भाडा छुटको व्यवस्था गरेको धेरै वर्ष भईसकेता पनि राजधानी बाहेक अन्य क्षेत्रमा यसको प्रभावकारी कार्यन्वयन हुन सकेको छैन ।पुर्ब पश्चिम् राजमार्गमा लामो दुरीमा चल्ने यातायतका साधनले समेत विद्यार्थी, जेष्ठ नागरिक र अपाङगता भएकाहरुलाई छुट दिन इन्कार गर्ने गरेका छन् ।

सरकारले यातायात व्यवसायीहरुसगँको सहमतिमा परिचयपत्र हुने विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुटको व्यवस्था गरेको थियो । सरकारले विद्यार्थीका लागि सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत भाडामा छुट गरेको भएपनि पुर्बीपहाड को इलाम ,पाँचथर र ताप्लेजुङ क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनले भाडामा कुनै छुट दिएका छैनन् ‘विद्यार्थी हो भनेर परिचयपत्र देखाई भाडामा छुट माग्दा तपाई चढ्ने कलेज बसले पनि सित्तैमा बोक्दैन हामीसँग के भाडा छुट माग्नुहुन्छ ? सबैजसो सार्वजनिक सवारी साधनका सह चालकले हप्काउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९