युनिकोड    राशिफल    एफएम रेडियाे                        

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ । दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा सुधार आएको उनको सचिवालयले आइ अफ नेपाललाई जानकारी दिएको छ ।

स्वास्थ्यमा समस्या आएपछि बुधबार नेपाल एयरलाइन्सको जहाजबाट उपचारका लागि नयाँदिल्ली लगिएका उनको थियो । उनका छोरा निर्भिक खनालले वरिष्ठ नेता खनालको स्वास्थ्यमा सुधार आएको जानकारी दिए ।

केही संचारमाध्यममा आएको जस्तो जटिल स्वास्थ्य अवस्था नरहेको र शुक्रबारबाट क्रमिक सुधार आएको खनालको सचिववालयले जनाएको छ ।

ज्वरो आएका कारण गत सोमबार नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका नेता खनालको भर्ना गरिएपश्चात डाक्टरको निरन्तर प्रयासको बावजुत पनि ज्वरो नियन्त्रण हुन नसकेपछि बुधबार थप उपचारका लागि दिल्ली लगिएको हो ।

यसअघि कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा उपचार गरेर घर फर्किएको नेता खनाल केही सातापछि ज्वरो आएपछि पुनः नर्भिकमै भर्ना भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९