युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

श्रीलंकाको आर्थिक संकटसँग लड्न भारतको सहयोगलाई निरन्तरता दिँदै, भारतीय सहयोगमा थप 40,000 मेट्रिक टन डिजेलको ढुवानी बिहीबार कोलम्बो आइपुगेको छ।
चरम आर्थिक संकटबाट गुज्रिरहेको छिमेकी राष्ट्रलाई भारतले सहयोगको हात बढाउँदै आएको छ । भारतले मानवीय सहायता, खाना पकाउने ग्यास, ठूलो परिमाणमा इन्धन र औषधि आपूर्तिको जहाज बोकेर पैसाको अभावमा परेको श्रीलंका सरकारलाई उद्धार गर्न कैयौं अर्ब अमेरिकी डलर बराबरको सहायता पठाएको छ।
यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि श्रीलंकालाई भारतले सम्भावित सबै सहयोग उपलब्ध गराएको र छिमेकी देशका जनताको साथमा उभिरहने बताएका थिए ।

यसैबीच, श्रीलंकाले चामलको मूल्यमा कुनै पनि असामान्य वृद्धिलाई रोक्न भारतीय ऋण सहायता कार्यक्रम अन्तर्गत 50,000 मेट्रिक टन चामल आयात गर्ने निर्णय गरेको छ, श्रीलंकाको प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले बिहीबार बताएका थिए ।

यसका लागि आवश्यक रकम भारतीय ऋण सहायता कार्यक्रमअन्तर्गत स्टेट ट्रेडिङ कर्पोरेशनलाई विनियोजन गर्न प्रधानमन्त्री कार्यालयमा भएको छलफलपछि उक्त निर्णय गरिएको प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको सञ्चार महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९