युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

काठमाडौं – नेपालका विभिन्न जिल्लामा अवस्थित स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरुलाई भारतल सरकारले वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस प्रदान गरेको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासले आइतबार एक कार्यक्रमकाबीच ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरेको हो । नेपाल सरकारका माननीय शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उपपस्थितिमा भारतीय राजदूत नवीन श्रीवास्तवले चाबी प्रदान गरेका हुन् ।

एम्बुलेन्स र बस हस्तान्तरण कार्यक्रम भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “india@75 आजादीका अमृत महोत्सव” को हिस्साको रुपमा रहेको दुतावासले जनाएको छ ।

भारतीय राजदूतले स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार पक्षलाई सुदृढ गर्ने नेपाल सरकारको प्रयासलाई टेवा पुर्याउन नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत यस्ता किसिमका सहयोग लामो समयदेखि चलिआएको परम्पराको रुपमा रहेको बताए ।

यो सदियौं पुरानो इतिहास र विरासत बोकेको, भौगोलिक रुपमा नेपालभर फैलिएको, जनजीवनलाई प्रभावित पार्ने र नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउने भारत र नेपालबीच रहेको अत्यन्त मजबुत विकास साझेदारीको एक हिस्साको रुपमा रहेको उहाँले बताए ।

भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाको मन्त्री पौडेलले प्रशंसा गर्नुका साथै यस्ता परियोजनाले जनता–जनताबीचको सम्पर्क र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सदैव बलियो बनाउने विश्वास व्यक्त गरे ।

सन् १९९४ यता नेपालका विविध जिल्लामा अवस्थित विभिन्न हितग्राही संस्थाहरुलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिएको छ । यसले स्वास्थ्य र शिक्षा सुविधाहरुलाई सुदृढ गर्ने र यस्ता सेवाहरुमा मानिसहरुको पहुँच विस्तार गर्ने नेपाल सरकारको प्रयासमा भारत सरकारको सहयोग सदैव रहने जनाउँदछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९