युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेमाथि हमला भएको छ।

 

 

चुनावी भाषणका लागि नारा सहरमा गएका बेला आवेमाथि एक व्यक्तिले गोली प्रहार गरेका हुन्। प्रहरीले उनीमाथि गोली प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ।  ती आक्रमणकारीको नाम तेत्सुया यामागामी रहेको बताइएको छ।

उनी नारा सिटीकै बासिन्दा भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

आवे भाषण गरिरहेको अवस्थामा पछाडिबाट छातीमा गोली प्रहार भएको थियो। आवे जापानमा सबैभन्दा लामो समय कार्यकारी पदमा रहने नेतामा पर्छन्।

उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। तर आफूले नेतृत्व गरेको दल लिबरल डेमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिएका थिए।

सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बनेका आवे आठ वर्ष लगातार प्रधानमन्त्री बनेका थिए। उनले आफ्नो स्वास्थ्य अवस्था जटिल बन्दै गएको भन्दै सन् २०२० को सेप्टेम्बर १४ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९