युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले सगरमाथा टेलिभिजनलले अन्य टेलिभिजनले भन्दा फरक ढंगले समाचार प्रशारण गर्ने गरेको बताएका छन् ।

सोमबार सगरमाथा टेलिभिजनको १५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले सगरमाथा टेलिभिजनले प्रशारण गर्ने समाचारबाट कयौं अन्यायमा परेकाले समेत न्याय पाउने गरेको बताएका छन् ।

मन्त्री शर्माले लोकतन्त्र भन्ने कुरा संविधानमा लेखेर मात्रै आउने कुरा नभएको बताएका छन् । उनले मानिसको व्यवहार, सोच र चिन्तन जस्ता सबै कुरा लोकतान्त्रिक भए मात्रै लोकतन्त्रको अभ्यास भएको मानिने बताएका छन् । यस्तै उनले सूचनाको हकमा नेपाल धेरै देश भन्दा माथी रहेको समेत बताए ।

कार्यक्रममा सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले राष्ट्र निमार्णका लागि सबै जना मिलेर अघि बढ्नु पर्ने बताएका छन् । अध्यक्ष गुरुङले सगरमाथा टेलिभिजनले निरन्तर अन्याय र अत्याचारको विरुद्धमा कमल चलाउने प्रतिबद्धता जनाएका हुन् ।

सगरमाथा टेलिभिजन स्थापना काल देखनै स्वतन्त्र रुपले समाचार संप्रशण गर्दै आएको बताएका उनले भोलीका दिनमा पनि सगरमाथा टेलिभिजनले स्वतन्त्र रुपले नै समाचार सम्पे्रशण गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सगरमाथा टेलिभिजन कहिलै पनि अरुको दबाब र करकापमान नपरि समाचार प्रशारण गर्ने प्रतिबद्दता जनाएका छन् ।

देशमा २०६२÷६३ जनआन्दोलनको सफलतासँगै नेपालमा पहिलो पटक २०६४ असार २७ गते समाचारमुलक च्यानल सगरमाथा टेलिभिजनको स्थापना भएको हो । सगरमाथा टेलिभिजनको स्थापना काल भन्दा अघि नेपालमा एउटा पनि २४सै घण्टा समाचार प्रशारण गर्ने टेलिभिजननै थिएन । स्थापना भएको १५ वर्षको अवधिमा टेलिभिजनले विभिन्न आरोह अवरोह पार गर्दै यहाँँ सम्म आइपुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९