युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओसँगको भेटमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बाट नेपालले लाभ लिने विषयमा कुराकानी भएको बताएका छन् ।

आइतबार नेपाल भ्रमणमा आएका चिनियाँ नेताले प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । उक्त भेटबारे विभिन्न अनुमानहरु बाहिरिएको भन्दै थापाले भेटमा भएको कुराकानीबारे ७ बुँदा सार्वजनिक गरेका छन् । जसमध्ये पाँचौं बुँदामा थापाले भनेका छन्, ‘कांग्रेस चीनबाट भविष्यमा अझै प्रभावशाली सहयोगको सदैव अपेक्षा राख् । यस सन्दर्भमा चीन सरकारले बीआरआई परियोजनाबाट नेपालले लाभ लिनुपर्छ भन्ने ठान्दछ ।’

चीन सरकारसँग नेपालले विगतमा गरेका विभिन्न सहमति तथा सम्झौताको कार्यान्वयनमा ढिलाइ गर्नुहुन्न भन्नेमा नेपाली कांग्रेस प्रस्ट रहेको थापाले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९