युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

श्रीनगरको रैनावरी क्षेत्रकी २७ वर्षीया हरिबाह चौधरी “कश्मीरको पहिलो कस्मेटोलोजिस्ट गर्ल” हुन्। उनी आफ्नै ब्रान्ड बन्न चाहन्छिन् । उनलाई बाल्यकालमा डिजाइनिङ मन पर्थ्यो र उनको बुटिक पनि मन पर्थ्यो ।

हरिबा भन्छिन्, मेरो बुटीक थियो तर मलाई त्यति मा नै सिमित नभइकन केहि राम्रो र ट्रेन्डिङ गर्न मा थियो । त्यसपछि मैले व्यावसायिक रूपमा ब्यूटी फाइलमा जाने निर्णय गरें। मैले “LAKME” मा मेरो नाम दर्ता गरें र दिल्लीमा कस्मेटोलॉजिस्ट कोर्स गरें र म गर्वका साथ भन्न सक्छु कि म कस्मेटोलॉजिस्टको यो कोर्स गर्न “पहिलो कश्मीरी केटी” भएँ। नयाँ दिल्लीमा मैले गर्मीका कारण धेरै समस्याहरू सामना गरे र मेरो पाठ्यक्रमलाई दुई सिजनमा विभाजित गरेर मैले कोर्स सकेकी हुँ ।

त्यसपछि म कश्मीर फर्किए र धेरै सैलुनहरूमा अन्तर्वार्ता दिए, र मलाई प्रसिद्ध “VLCC” सैलूनमा प्रमुखको रूपमा चयन गरियो । तिनीहरूको काम गर्दा मैले धेरै समस्याहरूको सामना गर्नुपर्यो, किनकि म राम्रोसँग प्रशिक्षित थिएँ तर ममाथि विश्वास गरिएको थिएन। म आफ्नो कामद्धारा बिश्वास दिलाउन हरसंभव लागिरहे, चौधरीले बताइन ।

त्यसपछि मैले गत वर्ष मैले आफ्नै ब्यवसाय सुरु गर्ने निर्णय गरें । ५ वर्ष अरुको सैलुनमा काम गरेर पाएको अनुभव र समबन्धलाई मैले आफ्नै ब्यवसायमा ढाले । तपाईं कहिल्यै कसैमा निर्भर हुनुहुन्न, चौधरीले थपिन ।

कश्मीरका केटीहरूलाई मेरो सन्देश यो हो कि तपाईं जे गर्न चाहनुहुन्छ, चाहे यो सानो या ठुलो होस् तर त्यसका लागि तपाइहरुले परिवारसंग इजाजत नभई बिश्वास जित्नु पर्दछ । कश्मिरका आमाबुवालाई पनि नयाँ पुस्ता लाई मौका दिनुहोस् र तिनीहरूलाई बुझ्नुहोस् भन्न चाहन्छु भनी चौधरीले बताइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९