युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख  चयनको प्रक्रिया आजदेखि शुरु हुँदैछ ।

प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज बिहीबार बिहान  ११ देखि अपराह्न १ बजेसम्म मनोनयनको समय तोकिएको छ । यस्तै उम्मेदवारको नामावली प्रकाशन पनि आजै हुने छ ।

कार्यतालिका अनुसार भोलि शुक्रबार अपराह्न ३ बजेको  बैठकमा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ । उपसभामुख पद रिक्त भएको २९ महिनापछि पदपूर्ति हुन लागेको हो ।  २०७६  माघ ६ गते तत्कालीन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले  राजीनामा दिएपछि पद रिक्त थियो  ।

तत्कालीन सत्तारूढ दल नेकपाले सभामुखमा अग्निप्रसाद  सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तुम्बाहाङ्फेले राजीनामा दिनुभएको थियो । प्रतिनिधि सभाको  सभामुख तथा उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

यसैबीच सत्ता गठबन्धनले काँग्रेस सचेतक पुष्पा भुसाललाई उपसभामुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ । काँग्रेसले उपसभामुख पाउने सहमति भएपछि आज भुसालले उम्मेदवार मनोनयन गर्ने तयारी गर्नुभएको छ ।

यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो । ०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा उहाँ तत्कालीन नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बन्नुभएको थियो ।  तुम्वाहाङ्फे २०१ मत पाउँदा भुसालले भने ५८ मत मात्र प्राप्त गर्नुभएको थियो । तर यसपटक गठबन्धन उम्मेदवारले जित्ने पक्का जस्तै छ ।
प्रतिनिधिसभामा एमालेको ९८, काँग्रेस ६१ (दुई निलम्बित), माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र ४ जना सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९