युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं, ३१ असार । विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्दै आएको भारत सरकारले सोही प्रतिबद्धताअनुसार नेपाललाई बाढी तथा पहिरो राहत सामाग्री प्रदान गरेको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित एक समारोहबीच आज ९शुक्रबार० नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणलाई बाढी तथा पहिरो राहत सामग्री हस्तान्तरण गरेका हु्न् । राहत सामग्रीमा ३००० वटा ठूला साइजका टेन्ट तथा १० वटा इनफ्लेटेबल डुंगा रहेका छन् ।

कार्यक्रममा बोल्दै राजदू्त श्रीवास्तवले समयमै उपलब्ध गराइएको यस राहत सामग्रीको सम्बन्धित निकायले समयमै वितरण गरी त्यसको सही उपयोग गरी अधिकतम लाभलाई सुनिश्चित गर्ने कुरामा आफू आशावादी रहेको बताए ।

समयमै राहत सामग्री उपलब्ध गराइदिएकोमा गृहमन्त्री खाणले भारत सरकारलाई धन्यवाद व्यक्त गरेका थिए । साथै, भारत र नेपालबीच रही आएको विपत् व्यवस्थापन तथा राहत सहकार्यको सराहना गरेका थिए ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक बहुक्षेत्रीय सहकार्य रहेको छ । यी राहत सामग्रीको हस्तान्तरणले विपद व्यवस्थापन तथ न्यूनीकरणका लागि नेपाल सरकारले चालेका प्रयासमा थप बल प्रदान गर्न भारत सरकारले गर्दै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने नेपालस्थित् भारतीय दूतावासले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९