युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

काठमाडौँ ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले समयमै आफ्नो भूमिका निभाउन नसक्दा आफूहरूमाथि दोष आउन थालेको बताएका छन् । शनिबार केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री थापाले सभापतिले काम नगर्दाको दोष आफूहरूमाथि आउन थालेको बताए ।

 

 

‘महाधिवेशनमा उहाँ पनि निर्वाचित भएर आएको हो, हामी महामन्त्रीहरू पनि निर्वाचित भएर आएका हौँ । तर, महाधिवेशनपछि हामीले उहाँलाई असहयोग गर्ने कुरा होइन, सहयो गर्न खोजेकै थियौँ,’ महामन्त्री थापाले भने, ‘तर हामीले सल्लाह र परामर्श दिँदा दिँदै पनि सभापतिले विधानले दिएकै कामहरू समयमा गर्न सक्नुभएन, त्यसको दोष हामीहरूमाथि आउन थालेको छ ।’

महामन्त्री थापाले सभापति बलियो भएमात्रै पार्टी बलियो हुने भन्दै आफूले पनि सभापतिलाई बलियो बनाउन चाहेको बताए । ‘हाम्रो पार्टी कस्तो बनाउने ? कसरी चलाउने ? भन्ने कुरामा महामन्त्रीको भूमिका के हुन्छ ? सभापतिको भुमिका के हुन्छ ? त्यो विधानले प्रष्ट बोलेको छ,’ बैठकमा महामन्त्री थापाले बोलेको उदृत गर्दै एक नेताले इकान्तिपुरसँग भने, ‘सभापतिलाई सहयोग गरेर पार्टीलाई बलियो बनाउन हामी कस्सिएरै लाग्यौँ, तर सभापतिले हामीलाई सामान्य सरसल्लाह समेत नगरी निर्णय गर्ने अभ्यास गरिरहनुभएको छ ।’

महामन्त्री थापाले नेपाल किसान संघ र आदिवासी जनजाति महासंघको अध्यक्ष नियुक्त भइसकेपछि मात्रै आफुले थाहा पाएको बताए । ‘पार्टीका सदस्य, पदाधिकारी नियुक्त गर्ने, विभाग गठन गर्ने, भ्रातृ संस्थामा मनोनयन गर्ने सबै अधिकार सभापतिजीसँग छ, त्यसमा पार्टीभित्र सल्लाह गरेर मनोनयन गर्ने भनेर केन्द्रीय समितिबाट निर्णय गरेर हामीले नै अधिकार दिएका हौँ,’ उनले भने, ‘तर कतिपय भ्रातृ संस्थामा अध्यक्ष नियुक्त भइसकेपछि मात्रै थाहा हुन्छ, यसरी कसरी पार्टी चलाउन खोज्नुभएको हो ?’

महामन्त्री थापाले पार्टीमा अहिलेसम्म विधानबमोजिम हुन नसकेका कामहरूको फेहरिस्त प्रस्तुत गर्दै ती काममा आफूले सहयोग गर्न चाहदा समेत सभापतिले अग्रसरता देखाएर गर्न नचाहेको आरोप लगाए ।

महामन्त्री थापाले पार्टीलाई कमजोर पार्न गुट भेलामा नगएको प्रष्ट पारेका छन् । ‘म अहिलेमात्रै होइन, पहिल्यैदेखि समूहका छलफलमा सहभागी भएर आएको हुँ, मैले फोहोर हेरेँ, म बुढानिलकण्ठ जान्थेँ, चाक्सीबारी पनि जान्थेँ, बोहराटार पनि गएको हुँ,’ उनले अघि भने, ‘पहिल्यैदेखि सबै जाने अभ्यास हुदै हो, अहिले हामी गएकोमा किन विरोध भएको हो ?’

उनले पार्टीका अपुरा कामहरू यथासिघ्र पूरा नगरे राम्रो सन्देश नजाने बताए । महामन्त्री थापाले विधान अधिवेशनसमेत छिटो गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९