युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

चारसड्डा : चारसद्दा जिल्लाको शबकदार सहरमा बस्ने पत्रकार इफ्तिखार अहमद खानको शनिबार राति अज्ञात आक्रमणकारीले गोली हानी हत्या गरेका छन् ।

खान विगत १७ वर्षदेखि एक्सप्रेस मिडिया समूहसँग आबद्ध थिए र एक्सप्रेस न्यूज टिभी च्यानल र उर्दू भाषाको दैनिक पत्रिका डेली एक्सप्रेसका लागि काम गरेका थिए।

अज्ञात आक्रमणकारीहरू विरुद्ध प्रहरीमा पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता गर्ने उनका भाइ हजरत बिलालले खानको कसैसँग दुश्मनी नभएको बताए।

प्रत्यक्षदर्शीका अनुसार खान इशाको नमाज पढेर मस्जिदबाट निस्कदै गर्दा अज्ञात आक्रमणकारीले गोली चलाउँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । खानको दुई विधवा, चार छोरा र चार छोरी छन् । उनको आइतबार गृहनगरमा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९