युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

झापामा जुवा खेलाउने र सोहि समुुहले चर्को मिटर ब्याजमा पैसा लगाउने गरेको रहस्य बाहिर आएको छ ।
जुवा खेलाउने समुुहले आफै उस्काउने र महगो मिटर ब्याजमा पैसा लगानी गरि चेक काटन लगाई चेक बाउन्स गर्नुका साथै पैसा असुल्नका लागि मानिसलाई अपहरण कुटपिट समेत गर्ने गरेको पाईएको छ । सो कार्यमा प्रहरीले समेत सहयोग गर्ने गरेको पाइएको छ ।
झापा गाउँपालिका ३ सिमलवाडीका ४० बर्षिय युवा अशोक राईलाई चेक बाउन्सको मुुद्धा लिएर प्रहरी र बाउन्स गराउने समुहनै विहान घरमा राईलाई पक्रन आएपछि गाउँलेसग झडप भएको छ ।
झडपछि पक्राउ गर्न आउने दमक ५ का विशाल पौडेल सामान्य घाइते समेत बनेका छन ।

सिभिलमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरिक्षक भीम श्रेष्ठ नेतृत्वको टोली र रकम लिने समुह शनिवार विहान राईको घरमा विहान ४ बजेको समय पुगि जवरजस्ती राईलाई लैजान खोजेपछि घर परिवार र स्थानीय वाशीले प्रतिकार गरेको राईका पिता दिपक राईले बताउँनुभयो ।

दमकका नामुक जुुवा घरका संचालक समेत रहेका पुुर्णप्रसाद रिजालले आफुलाई घरमा जुवा खेल्न बोलाई केहि पैसा सापट दिएको र पछि मिटर व्याज जोडेर आफुले साँबा र ब्याज रकम तिरिसक्दा समेत थप ८ लाख रुपैँयाको चेक दमकको होटल हाइवेमा लगेर काटन लगाएको पिडित अशोक राईले आज पत्रकार सम्मेलनको आयोजना गरि बताउँनुभएको छ ।
रिजालको समुहले पहिला पिटेर कानको जाली समेत फुुटाइदिएको र पछि जबरजस्ती ८ लाखको चेकमा सहि छाप गर्न लगाएको समेत राईले बताउँनुभयो । जुुवा संचालकहरुको कुुटपिटबाट विरामी भएकोले घरमै औषधि गरेर बसिरहेको वेलामा तिरिसकेको रमकको समेत चेक वाउन्स गरेर प्रहरी समेतलाई आर्थिक प्रभावमा पारि राती घरमै नियन्त्रणका लागि आएको राईकी श्रीमती कमला लिम्बुले बताउँनुुभयो । दमकको रिजाल लगायात सोम खनाल, कमल खनाल, दुुर्गा पौडेल लगायातले खेलाएको जुवा खालबाट आफुले ३ बर्षभित्रमा ५ करोड भन्दा वढी रकम सकाएको राईले बताउँनुभयो । आफुले यस विचमा दमकमा रहेको घर डेढ करोडमा विक्री गरेको तथा कनकाई नगरपालिका ३ मा रहेको २ कठ्ठा माटो झापा गाउँपालिका ३ मा रहेको १ बिगाह जमिन समेत विक्री गरेर सबै पैसा जुवामा सकाएको पिडित राईले बताउँनुभयो ।
सो गिरोहले सुरुमा जतिपनि पैसा सापटी दिने र पछि प्रहरी समेतको संग्लनतामा महगो ब्याज जोडेर चेकमा सहि गर्न लगाउने गरेको पाइएको छ । जुुवा खेलाउने गिरोहसग प्रहरीको राम्रो साँठगाठ समेत रहने गरेको जानकारहरुको भनाई छ ।

इलाका प्रहरी कार्यालय दमकले आफ्नो क्षेत्राधिकार मिचेर झापा गाउँपालिका ३ सिमलवाडीमा अपहरण शैलीमा विहान प्रहरी पठाएको राई परिवारको गुनासो रहेको छ । यसवारेमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुुख दिलिप गिरीले उजुरी दमकमा परेका कारण प्रहरी चेक वाउन्सको पक्राउ पुर्जीको कार्यान्वयन गर्न गएको बताउँनुभयो । प्रहरीले त्यहाँको स्थानीय प्रहरीसग संचार सेटबाट समन्वय गरेको समेत गिरीले बताउँनुभयो । यता झापामा पछिल्लो समय जुवा र मिटर व्याजको गिरोहहरुका कारण सयौ घरपरिवार विचल्नीमा परिसकेको भन्दै यस्ता अपराधिक समुुहको सरक्षण प्रहरीले गरिरहेको राई परिवारले बताएको छ । मसग भएको सबै सम्पत्ति पनि सकियो अझैपनि चेक बाउन्स भनेर दुुख्ख दिने काम भइरहेको छ यहि तरिका हो भने हामी परिवारलेनै आत्महत्या गर्नुको विकल्प छैन राईले भन्नुभयो । महगो मिटरब्याजको रकम उठाउन प्रहरी र गुण्डाको प्रयोग उक्त गिरोहले गर्ने गरको राईले बताउँनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९