युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौँ – नवनिर्वाचित भारतीय राष्ट्रपति द्रोपदी मुर्मूले नेपाल र भारतबीचको सम्बन्ध चाँडै नयाँ उचाईंमा पुग्ने विश्वस व्यक्त गरेकी छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको शुभकामनाप्रति धन्यवाद व्यक्ति गर्दै द्रोपदीले उक्त कुरा बताएकी हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेकी छन्, ‘नेपालका प्रधानमन्त्री शेर देउवालाई न्यानो व्यवहारका लागि धन्यवाद । हो, नेपाल र भारतबीचको उत्कृष्ट मित्रता र महान् सम्बन्ध छिट्टै नयाँ उचाइमा पुग्नेमा म विश्वस्त छु ।’ यसअघि प्रधानमन्त्री देउवाले द्रौपदीलाई भारतको राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिँदै नेपाल–भारतबीचको सम्बन्धले आगामी दिनमा नयाँ उचाईंलिने विश्वास व्यक्त गरेका थिए ।

राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)का तर्फबाट उम्मेदवार बनेकी ६४ वर्षीय मुर्मू बिहीबार भारतको १५औँ राष्ट्रिपतिमा राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनले मुमूले संयुक्त प्रगतिशील गठबन्धन (यूपीए)का उम्मेदवार यशवन्त सिन्हालाई तेस्रो चरणको मतगणनामा नै पराजित गरेकी हुन् । यससँगै मुर्मू भारतको सर्वोच्च पद (राष्ट्रपति)मा पुग्ने पहिलो आदिवासी र दोस्रो महिला बनेकी छन् ।

मुमूले राष्ट्रपतिको शपथ जुलाई २५ मा लिनेछिन् ।

सन् १९९७ मा भारतीय जनता पार्टीमार्फत राजनीतिक जीवन सुरु गरेकी मुमूले त्यसअघि शिक्षण पेशा अंगालेकी थिइन् । उनी सन् २०१५ मा झारखण्डको पहिलो महिला गभर्नर बन्न सफल भएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९