युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

इस्लामाबाद । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाई ले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ ।

भोग पत्रिकामा दिएको एक अन्तर्वातामा बिवाहबारे मलालाको टिप्पणीले धार्मिक कट्टरवादी मुलुक पाकिस्तानमा तरंग पैदा भएको छ । अन्तर्वातामा बिबाहबारे सोधेको प्रश्नमा मलालाले बिवाहको बन्धनमा बाँधिन पर्ने किन बाध्यता हुन्छ भनेर प्रतिप्रश्न गरेकी थिईन् । बिवाहको बन्धनमा हस्ताक्षर नगरेर कोही व्याक्तिसँग साझेदारीमा किन बस्न सकिँदैन भनेर मलालाले टिप्पणी गरेपछि पाकिस्तानमा आलोचना भएको हो । धार्मिक मुलुक पाकिस्तानमा २५ बर्ष भन्दा बढी उमेरका करिब ८६ प्रतिशत महिलाहरु विवाहित भइसकेका हुन्छन् ।

पाकिस्तानको खैबर पख्तुन्खवा प्रान्तमा एक धार्मिक नेताले मलालाको टिप्पणीपछि उनीमाथि हिंसात्मक आक्रमण गर्ने धम्की दिएपछि पक्राउ परेका छन् । पाकिस्तानमा बिवाहको असमान मान्यता बिरुद्ध आवाज उठाउँदा परम्परा बिरोधी तथा पश्चिमीकरणको संज्ञा दिईने साराह खानले द वासिंगटन पोष्टमा टिप्पणी गरेकी छन् । नोबेल पुरस्कारले सम्मानित मलाला पाकिस्तानमा महिला शिक्षा अधिकारको वकालत गर्दै आएकी छन् । स्रोत याहु न्युज

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९