
काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिकामा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ ।
वडा नम्बर २ भुलुमा स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामले पनि एकै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृतकको परिचय भने खुल्न बाँकी रहेको जनाइएको छ ।
पहिरोमा पुरिएर घाइते भएका एक जना बालकलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।