युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

चीनको सिन्जियाङमा रहेका उइगरहरुलाई स्थानीय अधिकारीहरुले नियन्त्रणमा लिने र यातना शिविरमा राख‍्‍ने गरेका छन् । चीनबाट टर्की भागेका तीन उइगर महिलाहरुले सिन्जियाङको हिरासत केन्द्रमा भोगेको पीडाबारे वर्णन गरेका छन् । उनीहरुलाई त्यहाँ जबरजस्ती गर्भपतन गराउने र यातना दिने गरेको पीडा सुनाएको छन् ।

तीन महिनामध्येकी एकले आफूलाई करिब साढे महिनाको अवधिमा गर्भपतन गर्न लगाइएको बताएकी छन् । पूर्व चिकित्सकसमेत रहेकी उनले सिन्जियाङमा उइगरहरुको जनसंख्या वृद्धि नहोस् भन्‍नका लागि बाँझोपन गराउने र गर्भपतनका लागि दबाब दिने गरेको उनले बताएकी छन् ।

सिन्जियाङमा रहँदा उनले चिनियाँ सेनाले आफूहरुलाई रातदिन यातना दिने, यौनका लागि बाध्य पार्ने गरेकोसमेत बताएकी छन् । उनले भनिन्, “म साढे ६ महिनाकी गर्भवती थिए । प्रहरीहरु आए । जसमा एक उइगर थिए र दुई चिनियाँ थिए । मलाई कारका राखेर अस्पताल लगे । त्यहाँ मेरो गर्भपतन गराइएको रहेछ ।”

५५ वर्षीया बुमर्जेन रोजीले सुरुमा आफूलाई पील दिइएको बताइन् । आफूलाई त्यो के हो भन्‍ने थाहा नभए पनि आफूले खान अस्वीकार गरेपछि पिटेकोसमेत बताएकी छन् । चिनियाँ अधिकारीहरुले हरेक घरघरमा मानिसहरु पठाएर महिलाको अल्ट्रासाउन्ड गर्ने र गर्भवती भए-नभएको विवरण संकलन गर्ने गरेको बताएकी छन् ।  चिनियाँ अधिकारीहरुको निर्देशन नमान्‍नेहरुलाई यातना शिविरमा लगेर पटक-पटक यौनका लागि बाध्य पार्ने गरेको उइगर महिलाहरुले बताएका छन् ।

चीन सरकारले सिन्जियाङमा रहेका उइगरहरुलाई यातना दिएको र अल्पसंख्यक उइगरहरुमाथि नरसंहार गरिरहेको आरोप लगाएका छन् । चीनले मानवअधिकारको चरम उल्लंघन गरेको भन्दै अमेरिका, बेलायत, क्यानडालगायतका मुलुकहरुले प्रतिबन्धसमेत लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९