
बिर्तामोड। झापाको मेचिनगर १३ चारालीमा अवस्थित त्रिदेव बहुमुखी क्याम्पसमा आज विद्यार्थी संगठनद्वारा संयुक्त रुपमा ताला बन्दी गरिएको हो ।
नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र राप्र बिधार्थी संघले विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रशासनिक व्यक्तिहरू बैठक सञ्चालन भईरहेकै कोठामा ताला बन्दि गरिदिए छन् ।
विद्यार्थी संघ संगठन सञ्चालन कार्यविधि क्याम्पसले गोप्य ढंगबाट पारित गरि लागू गर्न खोजे पछि विद्यार्थीको हक हित र स्वतन्त्रतामा दखल पुगेको भन्दै तालाबन्दी गरिएको नेबि संघ त्रिदेबका
सभापति अर्जुन गौतम ले बताएका छन ।
यो समाचार तयार पर्दा सम्म ताला खोलीएको छैन ।