युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

चीन ठूलो अप्ठ्यारोको बीचमा बंगादेशको तीन मुख्य पुर्वाधार बिकासको परियोजनामा आर्थिक लगानी गर्नबाट पछि हटेको छ। यस परियोजनाको  लगानीमा  अस्पष्टताको आरोप लागे पछि चीन अप्ठ्यारोमा परेको हो ।

यी परियोजनाहरु रेल क्षेत्रका रहेको छ । जुन   गाजीपुरको जोयदेबपुर देखि राजधानी ढाका नजिकै रहेको इशवर्दी सम्म मिश्रित गेज डबल लाइन निर्माण गर्ने उदेश्य राखिएको छ ।

चिनियाँ ठेकेदारले पनि अखाउरा देखि सिल्हेटमा मिटर गेज लाइन परिवर्तन गर्ने योजनामा काम नगर्ने बताएका छन ।  यसबाहेक, जयदेबपुर देखि जमालपुर हुँदै मईमसिंह सम्मको  मिश्रित गेज डबल रेलमार्ग निर्माणको आयोजनाको भविष्य पनि अनिश्चित भएको,  ईटीले ढाका स्थित अधिकारीहरूबाट जानकारी लिएको छ ।

यी तीन परियोजनाहरु सरकार देखि सरकार (GTG) को आधारमा अनुमोदन गरिएको थियो ।  जसमा चीनले आफ्नै  चिनियाँ ठेकेदारहरूलाई रोजगार दिदै आएको छ र अन्तर्राष्ट्रिय टेन्डरमार्फत परियोजनाका लागि ठेकेदारहरू राख्ने कुनै अवसर थिएन । ढाका स्थित स्रोतका अनुसार  यसबाहेक, यी कम्पनीहरूले परियोजनाको अवधि दोहोर्याएर विभिन्न बहानामा खर्च बढाउँदै छन ।  चिनियाँ हेरफेरको खुलासा भएपछि  बंगलादेश प्रधानमन्त्री कार्यालयले पनि यसको अनुसन्धान गराएको थियो ।

बंगलादेश रेलवे मन्त्रालयका स्रोतका अनुसार बंगलादेशले जीटीजी परियोजना अन्तरगत जग्गा अधिग्रहण, पुनःस्थापना, तलब र भत्ताको स्थानीय लागत वहन गर्नेछ भने चीनले निर्माणको लागि भुक्तान गर्नेछ ।  चिनियाँ लगानीको सर्त यो छ कि खुला टेन्डर आह्वान गर्न सकिदैन र केवल चिनियाँ ठेकेदारलाई मात्र काम दिनुपर्ने छ।

प्रधानमन्त्री शेख हसिनाले माथि उल्लेखित रेल परियोजनाहरुमा खर्च कम गर्न निर्देशन दिएका थिए ।  बंगलादेशको रेलवे मन्त्रालयले  समिति गठन गर्‍यो र खर्च घटाउने प्रस्ताव राखेको थियो ।

यसैबीच चीनको जीटीजी प्रणालीअन्तर्गत पदमा पुलको दुबै छेउमा रेलमार्गको निर्माण र चटगाउँमा कर्णफुली नदीको तल ट्यांकहरूको निर्माण कार्य चलिरहेको छ।  यस प्रोजेक्टमा ठूलो लागत बढाइएको  पनि आरोप लगाइएको छ।  यस परियोजनाको लागत मूल अनुमान भन्दा दोब्बर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९