
म्याड्रिड । रियल म्याड्रिडले स्पेनी ला लिगा उपाधिको रक्षा आइतबार संघर्षपूर्ण जितसँगै सुरु गरेको छ । मड्रिडले आल्मेरियालाई २–१ ले पराजित गरेको हो । लार्जी रामाजानीको गोलले आल्मेरियाले छैटौं मिनेटमा स्तब्धपूर्ण अग्रता लिएको थियो ।
त्यसपछि गोलरक्षक फर्नान्डो मार्टिनेजले पनि शृंखलाबद्ध बचाउ गरेपछि रियल जितका लागि थप संघर्ष गर्न बाध्य रह्यो । डिफेन्डिङ च्याम्पियनका लागि लुकास भाजक्वेजले बराबरी गोल गरे ।
सब्स्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका डाविड अल्बाले फ्रि-किकमार्फत निर्णायक गोल गरे । यूईएफए सुपरकप जितेयता आत्मविश्वासी रियललाई आल्मेरियालाई हराउन गाह्रो भएको हो ।
लिगको आइतबारका अन्य खेलमा रियल सोडिडाडले काडिजलाई १-० र भ्यालेन्सियाले जिरोनलाई १–० ले पराजित गर्यो ।